Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
इनर्जी सोलुशन एण्ड सप्लायर्सद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग प्रदान
बुधवार, कार्तिक २६, २०८२
बिर्तामोड, २६ कात्तिक : इनर्जी सोलुशन एण्ड सप्लायर्सले इलाका प्रहरी कार्यालय बिर्तामोडलाइ ८५ हजार मूल्य बराबरको सामग्री प्रदान गरेको छ ।
आज आयोजित एक संक्षिप्त कार्यक्रमका बीच सप्लायर्सका सञ्चालक भवानी शिवाकोटीले बिर्तामोड ३ का वडाअध्यक्ष मदन बुढाथोकी, प्रहरी कार्यालय पुनर्निर्माण समितिका नेतृत्वकर्ता पदम श्रेष्ठ, रमेश चौधरी, विपिन चौलागाई, युवा व्यवसायी निर्मलराज खत्री, हेम अधिकारी, एल्बिन्द्र खत्री लगायतको उपस्थितिमा इलाका प्रहरी कार्यालय इन्चार्ज डिएसपी विजय श्रेष्ठलाई उक्त सामग्री हस्तान्तरण गर्नु भएको हो ।
शिवाकोटीले २ थान ब्याट्री र २४ भिएको इन्भर्टर प्रदान गरेको जानकारी दिनुभयो । जेन-जी आन्दोलनको क्रममा ध्वस्त बनेको इलाका प्रहरी कार्यालय अनारमनीमा पुनर्निर्माणसंग आवश्यक
प्रविधि जडानसंगै विभिन्न दैनिक उपभोग्य सामग्रीको व्यवस्थापन भईरहेको छ । दाताहरुबाट नगदसंगै जिन्सी सामग्री प्राप्त हुने क्रमनजारी रहेको पुनर्निर्माणका नेतृत्वकर्ता पदम श्रेष्ठले जानकारी दिनु भयो ।