शनिवार, मंसिर ८, २०८१
Nayapaper | अनलाइन पत्रिका

आसाम डाउन टाउन युनिभर्सिटीले नेपाली विद्यार्थीलाई दोब्बर छात्रवृत्ति दिने

शुक्रवार, असार २९, २०८०

बिर्तामोड । आसाम डाउन टाउन युनिभर्सिटीले नेपाली विद्यार्थीलाई गत वर्षको तुलनामा दोब्बर छात्रवृत्ति दिने भएको छ । गएको वर्ष ८ करोडको छात्रवृत्ति दिएको युनिभसिैटीले यो वर्षका लागि १६ करोड छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको छ । उक्त जानकारी आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

लक्ष्मी एजुकेशनल कन्सलटेन्सीका सञ्चालक एवम् युनिभर्सिटीका नेपाल प्रतिनिधी शंकर भट्टराईले छात्रवृत्ति बारे जानकारी दिनु भयो ।गत वर्ष विभिन्न विषयमा अध्ययनका लागि ७० जना विद्यार्थी डाउन टाउन गएको भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार १६ करोडको छात्रवृत्तिका लागि २ सय विद्यार्थीले अवसर पाउने छन् । प्राविधिक विषयमा गुणस्तरीय र सुरक्षित मानिएको आसाम डाउन टाउनले नेपाली विद्यार्थीहरुलाई विशेष प्राथमिकता दिएको छ । हरेक वर्ष छात्रवृत्ति दिदैं आएको युनिभर्सिटीले ७ वटा देशका विद्यार्थीलाई पढाउने काम गरिरहेको भट्टराईले जानकारी दिनु भयो ।

भट्टराईका अनुसार छात्रवृत्ति पाउने विद्यार्थीले अध्ययन अवधिभर कुनै शुल्क नलिने छैन । आवास र खानपानका लागि विद्यार्थीले रकम बुझाए हुनेछ ।युनिभर्सिटीको मापदण्डमा पर्ने हरेक विधार्थीले छात्रवृत्ति पाउने बताइएको छ । होटल म्यानेजमेन्ट, व्यवस्थापन, पारामेडिकल लगायत प्राविधिक अध्यापन भइरहेको डाउन टाउनमा नेपाली विद्यार्थीको आकर्षण पनि बढ्दो छ ।

भारतको आसाम स्थित गुहाटीमा रहेको युनिभर्सिटीले नेपालका नेतृत्वदायी शैक्षिक संस्थानसँग समन्वय गरेर काम गर्दै आएको छ ।

सम्बन्धित खबर