शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

पूर्वाञ्चल क्यान्सर अस्पताल र राजीव गान्धी क्यान्सर अस्पतालबीच सहुलियत आदान प्रदानको सम्झौता

आइतवार, असार ३१, २०८०

झापा । दक्षिण एसिया दुई अत्याधुनिक सुविधासम्पन्न क्यान्सर अस्पतालहरु पूर्वाञ्चल क्यान्सर अस्पताल र राजीव गान्धी क्यान्सर अस्पतालबीच उपचार प्रविधि, अनुसन्धान र सहुलियत आदान प्रदान हुने भएको छ ।

दुबै अस्पतालका प्रमुखले शनिवार बेलुका विर्तामोडको होटल किङ्सबेरीमा आयोजित एक कार्यक्रममा ऐतिहासिक सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।

पूर्वाञ्चल क्यान्सर अस्पताल नेपालको क्यान्सरको उपचार अत्याधुनिक प्रविधि, उपकरण र चिकित्सा पद्धति प्रयोग गर्ने प्रमुख अस्पताल हो भने भारतको राजधानी नयाँ दिल्लीमा रहेको राजीव गान्धी क्यान्सर अस्पताल नेपाली बिरामी भारतमा उपचार गराउने जाने मुख्य अस्पताल हो । 

सम्झौता पत्रमा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादव र राजीव गान्धी क्यान्सर इन्स्टिच्यूट एन्ड रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर डा. सुधीर कुमार रावलले हस्ताक्षर गर्नुभयो ।

सो अवसरमा बीएन्डी हस्पिटलका कार्यकारी प्रमुख दुर्गा प्रसाई, अस्पतालका अध्यक्ष डा. रामबाबु गिरी, सीइओ डा. निराजन प्रसाई, मेडिकल डाइरेक्टर डा. उमेश शर्मा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा राजीव गान्धी क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. मनिष घिरेवाला, ओमसाई पाथिभरा हस्पिटलका मेडिकल डाइरेक्टर डा. शशी सिंह, सामाजिक अभियन्ता खुश्वु ओली, रोटेरियन सन्तोष अग्रवाल लगायतको उपस्थिति थियो । 

कार्यक्रममा बोल्दै राजीव गान्धी क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. राजीव गान्धी क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. सुधीरकुमार रावलले क्यान्सरको उपचारका लागि भारतमा जाने नेपालीको संख्या १५ प्रतिशत रहेको बताउनुभयो ।

पूर्वाञ्चल क्यान्सर अस्पताललाई टेलिमेडिसिन र रोबोटिक सर्जरीमा समेत राजीव गान्धी क्यान्सर अस्पतालले सघाउने सम्झौता भएको बीएन्डसी हस्पिटलका मेडिकल डाइरेक्टर डा. शर्माले मन्तब्यको क्रममा बताउनुभयो ।

पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराइरहेका विरामीको थप उपचार आवश्यक परेमा सिफारिस पत्र लिएर जाँदा राजीव गान्धी क्यान्सर अस्पतालले उपचार सेवा र सुविधामा सहुलियत प्रदान गर्ने भएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले बताउनुभयो ।

सम्झौता आदानप्रदान कार्यक्रममा बोल्दै बीएन्डसी हस्पिटलका कार्यकारी प्रमुख दुर्गा प्रसाईले राजीव गान्धी क्यान्सर अस्पतालसँगको ऐतिहासिक सम्बन्ध विस्तारले स्वदेशमै विश्वस्तरीय क्यान्सरको उपचार प्रदान गर्ने लक्ष्य लिएको पूर्वाञ्चल क्यान्सर अस्पताल र समग्र नेपालीलाई खुशी तुल्याएको बताउनुभयो ।

सम्बन्धित खबर