Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
आज विश्व मधुमेहविरुद्धको दिवस मनाइँदै
शुक्रवार, कार्तिक २८, २०८२
काठमाडौं, २८ कात्तिकः विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेहविरुद्धको दिवस नेपालसहित विश्वका विभिन्न देशमा मनाइँदै छ । मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउनु यो दिवसको उद्देश्य हो ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि दिवस मनाउन प्रारम्भ भएको हो । मधुमेहको रोकथाम र उपचारका लागि आफ्ना स्वास्थ्य प्रणालीअनुसार राष्ट्रिय नीति निर्माण गर्न सबै सदस्य राष्ट्रलाई राष्ट्रसङ्घले प्रोत्साहन गर्दै आएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१४ मा विश्वभर ४२ करोड २० लाख वयस्क मधुमेहबाट प्रभावित थिए भने १९८० मा १० यो समस्याबाट पीडित थिए । मधुमेह मोटोपना, अस्वस्थ जीवनशैली र शारीरिक गतिविधि कमीका कारण यो रोग बढ्दै गएको हो । स्वस्थ आहार तथा नियमित व्यायाम गर्ने, धूमपान र मद्यपानबाट टाढा रहनु यो रोगबाट बच्ने उपाय हुन् ।
उक्त विश्व संस्थाले बढ्दो मधुमेहलाई रोक्न प्रत्येक देशले दीर्घकालीन स्वास्थ्य नीति, जनचेतना र जीवनशैलीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ ।