Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
‘जेनजी’ प्रदर्शनका घाइतेलाई चार प्रकारमा वर्गीकरण
शुक्रवार, कार्तिक २८, २०८२
काठमाडौँ, २८ कात्तिक । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकालाई चार प्रकारमा वर्गीकरण गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले प्रदर्शनका क्रममा घाइते भएकाको वर्गीकरण गर्न गठित प्राविधिक समितिले घाइतेलाई चार प्रकारमा विभाजन गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरी चार वर्गमा विभाजन गरिएको छ । सरकारले मन्त्रालयका गुणस्तर, मापन तथा नियमन विभागका प्रमुख डा.सरोज शर्माको संयोजकत्वमा १० सदस्यीय प्राविधिक समिति गठन गरेको थियो ।
घाइतेमध्ये चोटपटकका आधारमा वर्गीकरण गरिएको छ । जसमा अति गम्भीरलाई २३, गम्भीरलाई २१, मध्यम घाइतेलाई २३ र सामान्य घाइतेलाई ११ प्रकारका चोटपटक लागेका आधारमा छुट्याइएको मन्त्रालयले जनाएको छ ।
वर्गीकरणअनुसार घाइतेलाई परिचयपत्र उपलब्ध गराइने छ। सरकारले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरणको काम सक्न निर्देशन दिइसकेको छ ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा दुई हजार ५७२ जना घाइते भएको मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले जानकारी दिनुभयो । तीमध्ये ११ जनाको अस्पतालमा उपचाररत छन् ।