शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड ७ को वडा कार्यालय जाने सडक खोल्ने क्रम जारी

शुक्रवार, साउन ५, २०८०

झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ७को कार्यालय भवन पाथिभरा टोलमा सारेपछि सर्वसाधारणको सहजताको लागि नजिकका सडक खोल्ने क्रम जारी छ ।

यस अघि २०३० सालमा रेखाङ्कन गरिएको डिल्ली ओलीको घरबाट पुर्व खनाल गाउँ हुँदै देबि चौक निस्कने करिब ४ सय मिटर सडक खोलिएको हो । केहि वर्ष अघि विभिन्न कारण देखाएर बन्द गरिएको यो सडक स्काभेटर लगाएर खुल्ला गरिएको वडाअध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिनु भयो ।

स्थानीय दाताहरुले वडा कार्यालयको लागि १५ कट्ठा १० धुर जग्गा उपलव्ध गराएपछि नगरपालिकाले उक्त क्षेत्रमा २८ लाख रुपैयांको लागतमा ४ कोठे पक्की भवन निर्माण गरेको छ । कार्यालय आउने सेवाग्राहीलाई सहज हुने प्रकारको सडक निर्माणका लागि वडा कार्यालय लागेको हो ।

विकास निर्माणमा दत्तचित्त भएर लागेका वडाअध्यक्ष खरेललाई स्थानीयले भरपुर साथ दिँदै आएका छन् । हात्ती प्रभावित यस क्षेत्रमा समस्या समाधानको लागि वडाअध्यक्ष खरेलले प्रदेश तथा संघिय सरकारसंग योजना माग गर्दै आउनु भएको छ।

सम्बन्धित खबर