Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
बिर्तामोड ७ को वडा कार्यालय जाने सडक खोल्ने क्रम जारी
शुक्रवार, साउन ५, २०८०
झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ७को कार्यालय भवन पाथिभरा टोलमा सारेपछि सर्वसाधारणको सहजताको लागि नजिकका सडक खोल्ने क्रम जारी छ ।
यस अघि २०३० सालमा रेखाङ्कन गरिएको डिल्ली ओलीको घरबाट पुर्व खनाल गाउँ हुँदै देबि चौक निस्कने करिब ४ सय मिटर सडक खोलिएको हो । केहि वर्ष अघि विभिन्न कारण देखाएर बन्द गरिएको यो सडक स्काभेटर लगाएर खुल्ला गरिएको वडाअध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिनु भयो ।
स्थानीय दाताहरुले वडा कार्यालयको लागि १५ कट्ठा १० धुर जग्गा उपलव्ध गराएपछि नगरपालिकाले उक्त क्षेत्रमा २८ लाख रुपैयांको लागतमा ४ कोठे पक्की भवन निर्माण गरेको छ । कार्यालय आउने सेवाग्राहीलाई सहज हुने प्रकारको सडक निर्माणका लागि वडा कार्यालय लागेको हो ।
विकास निर्माणमा दत्तचित्त भएर लागेका वडाअध्यक्ष खरेललाई स्थानीयले भरपुर साथ दिँदै आएका छन् । हात्ती प्रभावित यस क्षेत्रमा समस्या समाधानको लागि वडाअध्यक्ष खरेलले प्रदेश तथा संघिय सरकारसंग योजना माग गर्दै आउनु भएको छ।