Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
जम्मू–कश्मीरस्थित नौगाम प्रहरी चौकीमा विस्फोट: नौ जनाको मृत्यु
शनिवार, कार्तिक २९, २०८२
काठमाडौँ, २९ कात्तिक । भारतको जम्मू कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी चौकीमा विस्फोट हुँदा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।
भारतीय सञ्चारमाध्यक आजतकका अनुसार विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ भने २९ जना घाइते भएका छन् । शुक्रबार राति करिब ११ः२० बजे नौगाम प्रहरी चौकीमा ठूलो विस्फोट भएको हो ।
भारतीय सञ्चारमाध्यम दैनिक भारस्करका अनुसार घाइतेमध्ये अधिकांश प्रहरी रहेका छन् र उनीहरूको ९२ आर्मी बेस र एसकेआईएमएस सौरा अस्पतालमा उपचार भइरहेको छ ।
विस्फोटका कारण मानव अवशेषहरू तीन सय फिट टाढासम्म छरिएको अवस्थामा भेटिए आजतकले जनाएको छ ।
विस्फोटका करण प्रहरी चौकीको भवनको ठूलो भाग भत्किएको छ भने धेरै सवारी साधनमा आगो लागेको थियो ।
अधिकारीहरूका अनुसार, ह्वाइट–कलर आतङ्कवादी मोड्युल केसको सम्बन्धमा प्रहरीले जफत गरेको विस्फोटक पदार्थको नमूना लिइरहेको बेला विस्फोट भएको थियो । यद्यपि, विस्फोटलाई आतङ्कवादी कोणबाट पनि अनुसन्धान भइरहेको छ ।
स्रोतहरूका अनुसार, विस्फोटक पदार्थ डेटोनेटर र फ्यूजबाट ट्रिगर गरिएको खण्डमा वा कुनै तरिकाले ट्रिगर गरिएको खण्डमा मात्र विस्फोट हुनेछ । त्यसैले, यो आतङ्कवादी आक्रमण हुन सक्छ ।
जैश–ए–मोहम्मदसँग सम्बद्ध आतङ्कवादी समूह पिएएफएफले आक्रमणको जिम्मेवारी लिएको छ, तर यसको पुष्टि हुन बाँकी छ ।