Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
ताप्लेजुङमा लडेर बालिकाको मृत्यु
शनिवार, कार्तिक २९, २०८२
फुङलिङ, २९ कात्तिक । ताप्लेजुङको हाङदेवामा लडेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका १० फुरुम्बुका बीरबहादुर नुगो लिम्बू (सुविदार साइला)का ७ वर्षीया छोरी अर्पणा नुगो लिम्बू रहेका छन् ।
फुङलिङ नगरपालिका ९ हाङदेवामा डेरा गरी बसेका बालिकाको शुक्रबार साँझ लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रोहित शर्मा बढइले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माणाधीन मादेन वंशको माङहिम मन्दिरबाट लडेर बालिकाको मृत्यु भएको हो ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक जट्टा शंकर यादवको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो । उक्त टोलीले शवको कानुनी प्रक्रिया पूरा गरेर शव सदरमुकाम ल्याएको प्रहरीको भनाइ छ । जिल्ला अस्पताल ताप्लेजुङको शव गृहमा राखिएको शवको पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।