Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
नयाँ राजनीतिक दल दर्ताका लागि आज अन्तिम दिन
आइतवार, कार्तिक ३०, २०८२
काठमाडौँ, ३० कात्तिक। नयाँ राजनीतिक दल दर्ता प्रयोजनका लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदै छ।
फागुन २१ गतेका लागि अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले कार्तिक मसान्तसम्म नयाँ दल दर्ता गर्न समय दिएको थियो। आजसम्म दल दर्ताको प्रमाणपत्र लिने दल मात्रै आगामी निर्वाचनमा सहभागी हुन पाउने छन् । आजसम्म प्रमाणपत्र लिने दलले मात्रै आयोगमा फेरी फागुन २१ गतेको निर्वाचनमा सहभागी हुनका लागि पुन दल दर्ता गर्नु पर्ने छ ।
आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंसिर १० सम्म राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंसिर ७ गतेसम्म दल दर्ता गर्न आयोगले आह्वान गरेको छ।