Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
धनुषामा सर्प महोत्सव सुरु
आइतवार, कार्तिक ३०, २०८२
ढल्केबर, ३० कात्तिक । धनुषाको मिथिला बिहारी नगरपालिका–२, जनमुक्ति चोकस्थित कल्चर भिलेजमा तेस्रो संस्करणको सर्प महोत्सव सुरु भएको छ । मिथिला वाइल्ड लाइफ ट्रष्ट र सेभ द लाइभ्सको संयुक्त आयोजनामा सर्प महोत्स आयोजना गरिएको हो ।
सर्पको महत्व बुझौं, सहअस्तित्वलाई सम्मान गरौँ, संरक्षणमार्फत भविष्य सुरक्षित गरौँ’ भन्ने मूल नारा दिएर सुरु भएको महोत्सव कार्तिक ३० र मङ्सिर १ गतेसम्म रहने आयोजना संस्थाले जानकारी दिएको छ ।
आयोजक संस्थाका अध्यक्ष देवनारायण मण्डलले सर्पको महत्वबारे नागरिकमा चेतना फैलाउन महोत्सको आयोजना गरिएको बताउनुभयो । महोत्सवले सर्प र पर्यावरण तथा वातावरणबीचको सम्बन्ध, जैविक विविधता संरक्षणमा सर्पको भूमिका, सर्प र मानवबीच द्वन्द्व न्यनीकरण, सर्पको पर्यावरणीय, चिकित्सकीय, धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्ने उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सर्पलाई अझै पनि अन्धविश्वास र डरको प्रतीकका रूपमा हेरिने हुँदा सर्प संरक्षण चुनौती बनेको छ । सर्प केवल डस्ने जीव होइन यो वातावरण सन्तुलन राख्ने अभिन्न अङ्ग हो ।’
उहाँका अनुसार महोत्समा सर्पको जीवनचक्र, विषका प्रकार, सर्पदंशपछिको उपचार प्रक्रिया, तथा उद्धारसम्बन्धी व्यावहारिक जानकारी दिने व्यवस्था मिलाइएको छ । त्यस्तै, सर्प संरक्षणसम्बन्धी चित्र प्रदर्शनी, जीवित सर्प प्रदर्शनीमा राखिएको अध्यक्ष मण्डलले जानकारी दिनुभयो ।