Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोडमा जेसीज सप्ताह : सचेतना, खेलकुद र सहयोगका कार्यक्रम चल्दै
आइतवार, कार्तिक ३०, २०८२
बिर्तामोड, ३० कात्तिक : वीरता जेसीज बिर्तामोडले हरेक वर्ष सञ्चालन गर्दै आएको ‘जेसीज सप्ताह’ यस वर्ष पनि विविध सामाजिक गतिविधिसहित धमाधम चलिरहेको छ। शुक्रबारदेखि सुरु भएको सप्ताहअन्तर्गत पहिलो दिन पूर्व अध्यक्षहरूसँग अनुभव आदान–प्रदान र अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र, अर्जुनधारामा पोषण आहार वितरण गरिएको अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो ।
दोश्रो दिन गमस्थ स्पोर्ट्स हव, अर्जुनधारामा खुल्ला पौडी प्रतियोगिता तथा तेस्रो दिन आज बिर्तामोड–५ स्थित महेन्द्ररत्न नमूना माध्यमिक विद्यालयमा ‘साइबर क्राइम सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ सम्पन्न गरिएको छ। तालिका अनुसार भोलि ट्राफिक सचेतना कार्यक्रम तथा मंगलबार नेपाल पत्रकार महासंघ र वीरता जेसीजबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने जनाइएको छ। सप्ताह मंसिर २ गतेसम्म सञ्चालन हुनेछ।
वीरता जेसीजले हरेक वर्ष सामाजिक गतिविधिमार्फत ‘सप्ताह’ मनाउँदै आएको र यसअघिसम्म लापसे जाँच, ४५ जना विद्यार्थीहरूका लागि निःशुल्क कम्प्युटर तालिमसहित ४० भन्दा बढी सामाजिक कार्यक्रम सम्पन्न गरिसकेको महासचिव विज्ञानराज पौडेलले जानकारी दिनुभयो ।