बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

कोशीका मुख्यमन्त्री र दुई मन्त्रीसँग सुशासनका विषयमा अर्थ समितिले माग्यो जानकारी

सोमवार, मंसिर १, २०८२

विराटनगर, १ मङ्सिर । कोशी प्रदेशसभाको अर्थ समितिले प्रदेश सरकारको कामकारबाही, बजेट कार्यान्वयन र सुशासनलगायत समसामयिक विषयमा मुख्यमन्त्रीसहित दुई जना मन्त्रीहरुसँग छलफल गरी जानकारी लिएको छ ।

कोशी प्रदेशसभा सचिवालय कटहरीमा बसेको समितिको बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्की, भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई र आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरसँग छलफल गरेको हो ।

सुशासन, भ्रष्टाचार नियन्त्रण, चालु वर्षका लागि विनियोजन गरिएको हालसम्मको बजेट खर्च र राजस्व संकलनको अवस्था, संविधानको कार्यान्वयनमा देखिएका चुनौतीहरू, र मुख्यमन्त्री तथा मन्त्रीहरूको काम, कर्तव्य र जिम्मेवारीका सम्बन्धमा भइरहेको काम र प्रगतिका बारेमा समितिले सरकारसँग जानकारी माग गरेको समितिका सभापति विनोद वान्तवा राईले जानकारी दिनुभयो ।

छलफलका क्रममा प्रदेशसभा भवनमा भएको आगजनी र त्यसपछि सरकारले प्रदेश सभा सञ्चालन र प्रदेशसभाको स्थायी संरचना निर्माण गर्ने विषयमा गरिरहेको कामको बारेमा पनि चासो राखिएको थियो । त्यस्तै प्रदेशले व्यहोर्दै आएको कर्मचारीको अभाव तथा व्यवस्थापन र स्थानीय तहमा बजेट निकासामा भइरहेको ढिलासुस्ती भइरहेकोप्रति पनि समितिले सरकारको ध्यानाकर्षण गराइएको थियो ।

सभापति राईले भन्नुभयो, ‘‘आज हामीले सरकारका प्रतिनिधिहरूसँग विस्तृत छलफल गर्‍यौं । उहाँहरूका कुरा सुन्यौं र समितिको तर्फबाट प्रश्नहरू राख्यौं ।’’ उहाँका अनुसार, आइतबारको बैठकमा छलफल भए पनि राति परेकाले लिखित निर्णय गर्न नसकिएको र सरकारलाई औपचारिक रूपमा लिखित निर्देशन तथा ध्यानाकर्षण पत्र पठाइनेछ ।

सम्बन्धित खबर