Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
उखुको न्यूनतम सर्मथन मूल्य तोक्न माग
सोमवार, मंसिर १, २०८२
पश्चिम नवलपरासी, १ मङ्सिर । पश्चिम नवलपरासीका उखु किसानले तत्काल न्यूनतम समर्थन मूल्य तोक्न माग गरेका छन् । उखु क्रसिङ्गको समय सुरु भइसकेकाले तत्कालै उखुको उचित मूल्य तोक्न किसानहरूको माग छ । अब केही दिनमा जिल्लाका चिनी उद्योग पनि सञ्चालनको तयारीमा छन् ।
समयमै मूल्य नतोकिदा हरेक वर्ष आफूहरूले घाटा ब्यहोर्नु परेको किसानहरूको गुनासो छ । किसानको लगानी र पसिनाको मूल्य उठ्ने गरी न्यूनतम सर्मथन मूल्य तय गर्न किसानहरूको माग छ । मूल्य निर्धारण गर्न सरकारलाई ध्यानाकर्षण गराइसकेको प्रतापपुर गाउँपालिकाका अध्यक्ष तथा उखु उत्पादक कृषक महासङ्घका सचिव उमेशचन्द्र यादवले जानकारी दिनुभयो ।
उत्पादन लागतअनुसार प्रतिक्विन्टल ८ सय रुपियाँ मूल्य तोक्न सरकारसँग माग गरेको यादवको भनाइ छ । किसानहरूको उत्पादन लागत र चिनीको मूल्यको आधारमा किसान र उद्योगीबिचको समन्वयमा उचित मूल्य निर्धारण गर्न सरकारलाई आग्रह गरेको महासङ्घले जनाएको छ । मङ्सिर पहिलो हप्ता भित्र सर्मथन मूल्य तोकिने सरकारको तर्फबाट जानकारी आएको अध्यक्ष यादवले बताउनुभयो ।
विगतका वर्षहरूको तुलनामा यस वर्ष जिल्लामा उखु उत्पादन घट्दै गएको छ । यस वर्ष नवलपरासीमा करिब १५ लाख क्विन्टल सम्म उखु उत्पादन हुने अनुमान छ । जिल्लामा लुम्बिनी, बागमती र इन्दिरा चिनी मिल सञ्चालनमा छन् । सरकारले गत वर्ष ५ सय ८५ रुपियाँ प्रतिक्विन्टल उद्योगले र ७० रुपियाँ सरकारले अनुदान दिने गरेर मूल्य तोकेको थियो ।