शनिवार, साउन १६, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Yeni özellikleriyle dikkat çeken bettilt giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcılarına 7/24 destek sağlayan paribahis giriş profesyonel müşteri hizmetleriyle fark yaratır.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.

Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.

जथाभावी एन्टिबायोटिकको प्रयोग नगर्न चिकित्सकको सुझाव

सोमवार, मंसिर १, २०८२

विराटनगर, १ मङ्सिर । कोशी अस्पताल विराटनगरमा उपचार गर्न आएकी जनपथ टोलकी विनीता गौतमले आफ्नो हेलचक्र्याँइको कारण घाँटीमा सङ्क्रमण फैलिन्छ भनेर सोच्नुभएको थिएन । 

  अस्पतालको नाक कान घाँटीको ओपिडीमा भेटिनुभएकी गौतमले बोल्न अप्ठ्यारो महसुस गर्दै भन्नुभयो, “सुरुमा सामान्य रूपमा घाँटी दुखेकाले औषधि पसलबाट पेनकिलर किनेर खाएँ, केही समय त ठीक भयो, फेरि समस्या उस्तै, अत्ति नै दुःखाइ भएर आएको त घाँटीको सङ्क्रमण भएर पीप जमिसकेको रहेछ ।”

त्यस्तैगरी, सोही अस्पतालको ओपिडीमै भेटिनुभएका २१ वर्षीय युमेस गिरी औषधि पसलेले चिसोको कारणले दुखेको भनी दुःखाइ कम गर्ने औषधि दिएपछि फेरि समस्या उस्तै भएकाले अस्पताल आएको बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ,“बिहान उठ्दा घाँटी दुखेको महसुस भएकाले नजिकै मेडिकल पसलेको सल्लाहमा २–३ वटा पेनकिलर खाए पनि ठीक भएन र यहाँ जँचाउन आउँदा थाहा भयो, इन्फेक्सन भइसकेको रहेछ ।” 

सामान्यतया घाँटी दुख्ने बित्तिकै औषधि पसलमा गएर पेनकिलर, एन्टिबायोटिकको प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएपछि सङ्क्रमणको अवस्थामा मात्र बिरामी अस्पताल आउने गरेका कोशी अस्पतालको नाक कान घाँटी रोग विशेषज्ञ डा.रौनक दाहाल बताउनुहुन्छ ।

 उहाँ भन्नुहुन्छ,“के कारणले घाँटी दुखेको हो, सङ्क्रमण हो या होइन, सङ्क्रमण भएमा कुन अवस्थामा छ ? कुन औषधि कति मात्रामा सेवन गर्नेजस्ता विषयमा ध्यान नदिई जथाभावी औषधि सेवन गर्नाले बिरामीको स्वास्थ्य निकै बिग्रँदै गएको छ  ।”

के कारणले हुन्छ घाँटीको सङ्क्रमण

डा.दाहाल घाँटीको सङ्क्रमण एउटै कारणले मात्र नहुने बताउनुहुन्छ । उहाँका अनुसार प्रायजसो चिसोको कारणले घाँटीमा सङ्क्रमण हुने गर्दछ । यसबाहेक लामो समयसम्म फ्रिजमा राखिएका खानेकुरा, धूमपान, चिसो मौसम, धुवाँधुलो, प्रदूषित वातावरणजस्ता विभिन्न कारणले घाँटीको सङ्क्रमण गराउने गर्दछ । धुवाँधुलो साथै प्रदूषणयुक्त वातावरणमा रहने मानिसले सास फेर्नेक्रममा हावाको माध्यमबाट भाइरस, ब्याक्टेरिया प्रवेश भई विस्तारै घाँटीमा सङ्क्रमण गराउने गर्दछन् ।

 यसले गर्दा विस्तारै घाँटीमा अप्ठ्यारोपन आउने, दुःखाइ अनुभव हुने, निल्न गाह्रो हुनेजस्ता समस्या उत्पन्न हुन्छन् । घाँटीमा भाइरल वा ब्याक्टेरियाको प्रवेश भई त्यसले सङ्क्रमण गराउँछ । सामान्यतया भाइरल सङ्क्रमण हुँदा दुःखाइसँगै घाँटीमा रातोरातो देखिने गर्दछ,भने ब्याक्टेरियाको कारणले भएको सङ्क्रमणले घाँटीमा सेतो पीप देखिन्छ । घाँटीको सङ्क्रमणमा केही खास ब्याक्टेरिया हुन्छन् ।  

‘स्ट्रेप्टोकोकस’ नामक ब्याक्टेरिया अन्य ब्याक्टेरियाको तुलनामा घाँटीको सङ्क्रमण गराउन सक्रिय रहने गर्दछ । 

जस्ले गर्दा घाँटीमा अप्ठ्यारो महसुस हुने, यताउति गर्न पनि निकै कठिन हुने, अत्यधिक दुःखाइ महसुस हुने, ज्वरो आउने, घाँटीभित्र रातो हुने गर्दछ । 

त्यसका साथै टन्सिलाइटिस हुने कहिलेकाहीँ घाँटीबाट पीप निस्कने, घाँटीमै पीप जम्ने, निल्न गाह्रो हुने, बोल्न कठिन हुने जस्ता लक्षण देखा पर्दछन् । सामान्य अवस्थामै उपचार गरे तत्काल निको हुने समस्यालाई हेलचेक्र्याँइ गरेमा त्यसको नतिजा गम्भीर आउनसक्ने भएकाले यस्ता लक्षण देखापर्नासाथ तुरुन्त उपचार गराइहाल्नुपर्छ ।

एन्टिबायोटिक र पेनकिलरको दुरुपयोग

अधिकांश मानिस सामान्य घाँटी दुःखाइ महसुस हुनासाथ चिकित्सकको परामर्शबिना औषधि पसलेबाट किनेर एन्टिबायोटिकसाथै पेनकिलरजस्ता औषधि सेवन गर्छन् । यसरी जथाभावी यस्ता औषधि सेवा गर्नाले हाल एन्टिबायोटिक तथा दुःखाइ कम गर्नेजस्ता औषधिको अत्यधिक दुरुपयोग भइरहेको डा.दाहाल बताउनुहुन्छ । 

उहाँका अनुसार घाँटी दुख्नासाथ एन्टिबायोटिक तथा पेनकिलरको प्रयोग गर्नु उचित हुँदैन ।  कहिलेकाही कहिलेकाहीँ हड्डी आएको समस्याले पनि घाँटी दुख्ने गर्दछ ।

 यस्तो अवस्थामा के कारणले घाँटी दुखेको?, घाँटीको सङ्क्रमण भएमा कुन अवस्थामा छ?, कस्तो औषधि सेवन गर्नेजस्ता जानकारीबिना आपूmखुसी पेनकिलर, एन्टिबायोटिक औषधिको सेवन गर्नाले मुटु, मिर्गौला, कलेजो लगायतका संवेदनशील अङ्हरूलाई असर पुगी नियमित कार्य गर्न सक्दैनन् । त्यसैले चिकित्सकको परामर्शबिना आफूखुसी यस्ता औषधिको सेवन गर्नु उपयुक्त हुँदैन । 

कतिपय बिरामीले चिकित्सकले दिएको एन्टिबायोटिक औषधिसमेत नियमपूर्वक सेवन गरेका हुँदैनन् । 

औषधि सेवन गर्ने क्रममा आराम महसुस हुनासाथ बढी औषधि किन सेवन गर्ने भन्ने ठानी आफूखुसी औषधि सेवनमा रोक लगाउने गर्दछन् ।

 ब्याक्टेरिया तथा भाइरसलाई पूर्णरूपमा मार्न सेवन गरिने त्यस्ता औषधि मात्रा पूरा नगरी छोड्नाले फेरि सक्रिय भई सङ्क्रमण गर्नसक्ने भएकाले एन्टिबायोटिकको पूरा मात्रा सेवन गर्नुपर्दछ ।

घाँटीको सङ्क्रमणले निम्त्याउने खतरा घाँटीको सङ्क्रमण भएको समयमा यसलाई हेलाचेक्र्याँइ गरेको खण्डमा यसले निकै खतरा निम्त्याउने भएकाले समयमै उपचार गराउन चिकित्सकले सुझाव दिएका छन् । 

घाँटी दुख्ने, निल्न गाह्रो हुने, ज्वरो आउने, घाँटीभित्र रातो देखिने, टन्सिलाइटिस हुनेजस्ता लक्षण घाँटीका सङ्क्रमण हुन् । 

यस्ता कुनै लक्षण देखापरेमा तुरुन्त सम्बन्धित चिकित्सक तथा स्वास्थ्य संस्थामा गई जँचाइहाल्नुपर्छ । समयमै उपचार नभएमा बारम्बार टन्सिलाइटिस भई पीप जम्ने, रगतको माध्यमबाट सङ्क्रमणका जीवाणु मुटुको भल्बमा पुगेर भल्बलाई बन्द गरी भल्ब फेर्नुपर्ने अवस्थासमेत आउनसक्छ । घाँटीमा पीप जमेर बसिरहँदा शल्यक्रिया गरेर जम्मा भएको पीपलाई निकाल्नुपर्छ ।

सम्बन्धित खबर