तेह्रथुम, १ मङ्सिर : आठराई गाउँपालिकाले नागरिक सुरक्षालाई थप प्रभावकारी बनाउन इलाका प्रहरी कार्यालय सक्रान्ति बजारलाई एक थान मोटरसाइकल प्रदान गरेको छ।
सोमबार गाउँपालिका कार्यालय, सक्रान्ति बजारमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले इलाका प्रहरी कार्यालय सक्रान्ति बजारका प्रमुख प्रहरी निरीक्षक बिबेक बस्नेतलाई मोटरसाइकल हस्तान्तरण गर्नुभयो।
ह्वाकू प्रहरी चौकी क्षेत्रमा आपत विपतका बेला सवारी साधनको अभाव देखिएकाले सहयोगस्वरूप मोटरसाइकल उपलब्ध गराइएको अध्यक्ष पाहिमले जानकारी दिनुभयो।