Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
नेपाल आज मलेसियासँग भिड्दै
मङ्गलवार, मंसिर २, २०८२
काठमाडौँ, २ मङ्सिर । एएफसी एसियन कप छनोटबाट बाहिरिसकेको नेपालले अन्तिम चरणको छनोटअन्तर्गत मङ्गलबार घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
क्वालालम्पुरस्थित बुकित जलिल नेशनल स्टेडियममा साँझ ६:४५ बजे सुरु हुने खेलमा नेपालले आफ्नो कमजोरी सुधार गर्ने लक्ष्य राखेको छ । नेपालले मलेसियासँग ६ महिनापछि प्रतिस्पर्धा गर्न लागेको हो ।
यसै छनोटको पहिलो लेगमा नेपाल मलेसियासँग २–० गोलको हार खेपेको थियो । नेपालका लागि आजको खेल मलेसियासँग बदला लिने मौका हुनेछ ।
समूह एफ अन्तर्गत जारी छनोटमा हरेक टोलीले चार चार खेल सक्दा मलेसिया शतप्रतिशत जितसहित १२ अङ्कका साथ शीर्षस्थानमा छ । यस समूहमा भियतनाम र मलेसिया पनि रहेको छ ।
सबै खेलमा हार खेपेको नेपालले मलेसियासँग खेल्नुअघि बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।
छनोटबाट बाहिरिएको नेपालका लागि मलेसियाविरुद्धको खेल अनुभवसँगै प्रतिष्ठाको लडाईं हुनेछ । मलेसियाले जित निकालेमा एसिया कपको ढोका खोल्नेछ ।
नेपाल र मलेसियाबिचको यस खेल घरेलु मैदान दशरथ रङ्गशालामा हुनुपर्ने थियो । तर एएफसीबाट दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय खेल खेल्न अयोग्य ठहरिएपछि नेपालले घरेलु खेल पनि अरुकै मैदानमा खेल्नु परेको हो ।