बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

विराटनगरमा प्रहरीको छापा: लाखौँको अवैध कपडा बरामद

मङ्गलवार, मंसिर २, २०८२

विराटनगर, २ मङ्सिर । मोरङ प्रहरीले कपडा तस्करीमा संलग्न एक व्यापारीको घरमा छापामारेर ठुलो परिमाणमा कपडा बरादम गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले मङ्गलबार बिहान विराटनगरस्थित कपडा व्यापारीको घर र गोदाममा छापा मारेर लाखौं मूल्य बराबरको अवैध कपडा बरामद गरेको हो । प्रहरीको कारबाहीका क्रममा मुख्य कारोबारी बब्लु अग्रवाललाई भने प्रहरीले पक्राउ गर्न सकेन । कारोबारी अग्रवाल फरार भएको प्रहरीले जानकारी दिएको छ ।

विराटनगर एयरपोर्टबाट अनुसन्धान सुरु गरेर तस्करीमा संलग्न अग्रवालको घरसम्म पुग्न प्रहरी सफल भएको हो । जाडोका लागि भारतबाट भन्सार छली गरी ल्याइएका महँगा कुर्ता–सुरुवाल अग्रवालले काठमाडौँ पठाउने तयारी गरिरहेको सूचना प्रहरीले पाएको थियो । सोही सूचनाका आधारमा प्रहरी टोलीले विराटनगर एयरपोर्टको कार्गो क्षेत्रमा छापा मार्दा ८९ थान ‘उनीयु’ ब्रान्डका कुर्ता–सुरुवालसहित दुई बोरा कपडा बरामद गरेको थियो ।

एयरपोर्टमा कपडा बरामद भएलगत्तै प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाउँदै विराटनगर–४, गणेशचोकस्थित बब्लु अग्रवालको निवास तथा गोदाममा प्रहरी निरीक्षकको नेतृत्वमा थप टोली परिचालन गरेको थियो । घर र गोदाममा गरिएको खानतलासीका क्रममा थप ४५ थान उस्तै प्रकारका कुर्ता–सुरुवाल फेला परेको मोरङ प्रहरीले जनाएको छ। बरामद भएका कपडाको बजार मूल्य प्रतिथान चारदेखि पाँच हजार रुपियाँ पर्ने अनुमान छ, जसअनुसार कुल बरामद कपडाको मूल्य लाखौंमा पुग्ने देखिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट बब्लु अग्रवाल लामो समयदेखि भारतको जोगबनीबाट भन्सार छलेर लत्ताकपडा नेपाल भित्र्याउने कार्यमा संलग्न रहेको खुलेको छ । अग्रवालले मोरङ र सुनसरीका सीमावर्ती क्षेत्रबाट ‘क्यारिङ’ गराएर अवैध रुपमा कपडा विराटनगर ल्याउने गरेको पाइएको छ । विराटनगर–५ मा रहेको अग्रवालको उनको पसल ‘माँ दुर्गा इम्पेरियल’ र बगरगाछीमा रहेको अर्को पसलबाट ती कपडाहरू बिक्री वितरण हुने गरेको थियो । काठमाडौँलगायतका ठुला बजारमा कपडा पठाउँदा अग्रवालले आफ्नै पसलको बिल प्रयोग गरी अवैध सामानलाई वैधानिक देखाउने गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले फरार अग्रवालको खोजीका लागि विशेष टोली परिचालन गरिएको जानकारी दिनुभएको छ ।

उहाँले भन्सार छली र अवैध तस्करी नियन्त्रण गर्न प्रहरीले विशेष अभियान चलाइरहेको र कुनै पनि अवैध गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याएरै छाड्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । प्रहरीले कपडा ओसारपसारमा प्रयोग भएको एउटा गाडीलाई समेत नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर