Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट
बुधवार, मंसिर ३, २०८२
ताप्लेजुङ, ३ मंसिर । ताप्लेजुङमा आगलागी हुँदा ४ घर जलेर नष्ट भएको छ । मिक्वाखोला गाउँपालिका –४ तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट भएको हो ।
अघि राती १२ बजेबाट अचानक आगलागी हुँदा विष्णु साँवा, राजकुमार साँवा, अनि साँवा र इन्द्रकुमार साँवाको घर जलेर नष्ट भएको स्थानीय तथा फङ्फङदेन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगलागी आगामी मंसिर ७ गतेदेखि सुरु हुन लागेको फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेला लाग्ने स्थानमा नै भएको हो । सोही कारण मेला पनि अनिश्चित जस्तो भएको अध्यक्ष लिम्बूले बताउँनुभयो । मेला सम्बन्धी अहिले समिति बैठक बस्न लागेको लिम्बूले जानकारी दिनुभयो ।
आगलागी नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले नियन्त्रणमा लिएको लिम्बूको भनाई छ । आगलागी के कारणले भयो भन्ने अनुसन्धान भइरहेको र क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।