Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
मधेश प्रदेशसभाको वैठक बस्दै
बुधवार, मंसिर ३, २०८२
काठमाडौं, ३ काठमाडौंः मधेश प्रदेशका उपसभामुख बविता राउतले आज प्रदेशसभाको वैठक डाक्नुभएको छ ।
सभामुख रामचन्द्र मण्डल विरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको बैठक डाकिएको हो ।
प्रदेश सचिवालय सचिवालयले सामाजिक सञ्जालको ग्रुपमार्फत सांसदहरुलाई दिउँसो १ बजे वैठक बस्ने जानकारी पठाएको हो । प्रदेशसभाका ६४ जना सांसदहरुले गत कात्तिक २७ गते सभामुख मण्डलविरुद्ध पद अनुकुल आचरण नगरेको भन्दै महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।
एमाले बाहेकका सात दलका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएपछि प्रदेशसभा बस्न सकेको छैन । महाअभियोग प्रस्तावमा एक साताभित्र सदनमा छलफल गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
सात दलीय गठबन्धनका ३२ जना सांसदले प्रदेशसभाको बैठक बोलाउन उपसभामुख राउतलाई ज्ञापनपत्र बुझाएलगत्तै उपसभामुखले वैठक डाक्नुभएको हो ।
एमालेबाट प्रदेशसभाको सभामुख बनेका मण्डल विरुद्ध महाअभियोग पारित गर्न अन्य दलहरुसंग पर्याप्त बहुमत पुग्ने अवस्था छ ।