काठमाडौं, ३ मंसिरः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न आग्रह गर्नुभएको छ ।
बुधबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित स्थानीय सरकारका उपत्यकास्तरीय जनप्रतिनिधि भेलामा बोल्दै ओलीले प्रसाईंलाई ‘बोलेको आधारमै’ प्रहरीले नियन्त्रणमा लिएको दाबी गर्दै यस्तो कार्य मानवअधिकारविपरीत रहेको बताउनुभयो।
उहॉंका अनुसार प्रसाईंले भिडियो सार्वजनिक गरेको वा अभिव्यक्ति व्यक्त गरेको आधारमा सरकारले ‘उत्तेजित’ भएर गिरफ्तारी गरेको छ, जुन स्वीकार्य नहुने उहॉंले जिकिर गर्निभयो। अपराध भएमा मात्रै कारबाही गर्न सकिने उल्लेख गर्दै उहॉंले अभिव्यक्तिको कारण पक्राउ गर्नु कानुनविपरीत रहेको बताउनुभयो ।



