बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

भेडाको उनलाई कला र आम्दानीमा बदल्दै साम्दोका महिला

बिहिवार, मंसिर ४, २०८२

सुलीकोट, ४ मङ्सिर । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – १ साम्दोका महिलाहरुले भेडाको उनलाई कला र आम्दानीमा बदल्दै लगेका छन् । कठोर हिमाली भूभाग वर्षको आधाभन्दा धेरै समय चिसोले घेरेको वातावरण र जीवनको कठोरतालाई पहाडकै ढुङ्गा जस्तै चुनौतीबिच साम्दोका महिलाहरुले पछिल्लो केहि बर्षहरुमा उल्लेखिय परिचय निर्माण गर्न सफल भएका छन् ।

जिल्लाको सबैभन्दा उच्च हिमालमा रहेका गाउँ साम्दोमा पालेका भेडा र चौरीबाट प्राप्त हुने उनले साम्दोका महिलाहरुले टोपी, झोला, कोट, कम्मर देखि सजावटी सामग्री बख्खु उत्पादन गर्दै विदेशी तथा स्वादेशी पर्यटकहरुलाई बिक्री गर्दै सामुदायिक आय र पहिचान बुनिरहेका छन् ।

साम्दोमा बासीहरुको मुख्य पेशा गहुँ, जहुँको खेतीसँगै साम्दोका महिलाहरु बिहानीको सुरुवातमा नै उनीहरुको सीप प्रयोग गरी गोठमा उन टिपीरहने, सङ्कलन गरिएका उनपानीमा उमालेर सफा गर्ने, घाममा सुकाउने त्यससँगै परम्परागत कात्ने भर्याङ प्रयोग गरी धागो बनाउन महिलाहरु ब्यस्त देखिन्छन् ।

हिमालको चिसोले हात चिसिएर कठोर बनेपनि तर उनीहरुको धैर्य भने झन् बलियो हुँदै आर्थिक उपार्जनमा महिलाहरु सक्रिय रुपमा लागि नै रहेका छन् । महिलाहरुले तयार पारेका टोपी, झोला, केबल बस्तु मात्र होइनन् यो त साम्दोको इतिहास, संस्कार र प्राकृतिसँगको सहयात्रा भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताउनुभयो ।

उत्तरी गोरखावासी र त्यहाँ पुग्ने जो कोहिलाई भेडाको उनले दिएको तातोपन, महिलाको हातले दिएको न्यानोपन र सामुदायिक मेहनतले दिएको सौन्र्दय यी सबैले गर्दा साम्दोका महिलाहरुलाई टोपी, झोला लगाएतका अन्य सामग्रीहरु बनाउन भ्याइनभ्याई छ ।

साम्दोका महिलाहरुको उद्यमशिलता केबल घरभित्र सिमित छैन, गाउँपालिकाका अध्यक्ष निमा लामाले भन्नुभयो, ‘‘मनासलु क्षेत्र घुम्न आएका पर्यटकलाई महिलाहरुले बनाएका टोपी, झोलालगायतका सामग्रीहरुले अत्यधिक मात्रामा बिक्री वितरण भएपछि साम्दोका महिलाहरुमा नयाँ आर्थक परिवर्तन आएको छ ।’’

मनासलु घुम्न आउने पर्यटकलाई महिलाहरुले बनाएका टोपी, झोला, मन पर्न थालेकाले कम्तीमा पाँच सयदेखि पाँच हजार सम्म सामन बिक्री वितरण हुँदै आएको बताइएको छ । यी सामनहरु हिमाली स्मरण भनेर पनि देश विदेशमा लगिरहेका छन् ।

साम्दोको महिलाहरुको आम्दानी बढेसँगै आत्मविश्वास पनि बढेको छ, साम्दोका टोपी र उन बेच्दै आउनुभएका महिला छिरिङ दोर्जेले भन्नुभयो, ‘‘पहिला परिवारको खर्च चलाउन धौ धौ पर्ने अवस्था थियो, अहिले आफनो कमाइले घर खर्च, बालबालिकाको शिक्षामा लगानी गर्न र दैनिक आवश्यकता पर्ने सबै पुग्दै अलि अलि आर्थिक बचत समेत गर्दै आएका छौँ ।’’

साम्दोमा अहिले सामुदायिक सिकाइ सहयोग र बजार सम्पर्कमा साथ दिँदै हस्तकला उत्पदानलाई व्यवस्थित बनाउँदै लगेका छन् । साम्दोका महिलाहरुले भेडा र चौरीको उनलाई केबल न्यानो र ओढ्ने बिछ्याउन मान्ने परम्परालाई आधुनिक उद्यममा बदली दिएका छन् । महिलाहरुले हातमा बनेका यी कला कृतिहरु टोपी झोला वा कुनै सजावटी सामग्री हिमाली भूभागबाट आज संसार भरि फैलिएको छ ।

महिलाहरु आम्दानीमा बदल्दै सीपलाई पहिचानमा रुपान्तरण गर्दै साम्दोका महिलाहरु आज उत्तरी गोरखाको शक्ति, दृढता र सिर्जनशीलताको ज्वलन्त उदारण बनेका छन् । 

सम्बन्धित खबर