शनिवार, फागुन २३, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

संसद् विघटनबारे रिट: सभामुखको जवाफ निवेदकको पक्षमा

शुक्रवार, मंसिर ५, २०८२

काठमाडौँ, ५ मङ्सिर । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले वर्तमान प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा विघटन असंवैधानिक रहेको भन्दै बदर मागसहित सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्नुभएको छ । 

सामान्यतया आफूविरुद्धको मुद्दा खारेजीका लागि जवाफ पेस गर्ने प्रचलन भए पनि सभामुख घिमिरेले निवेदकको माग स्वीकार गरेर जवाफ पेस गर्नुभएको हो । प्रधानमन्त्री नियुक्ति र विघटन बदर माग गर्दै आयुष बडालले दायर गर्नुभएको रिटमा घिमिरेले महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्चमा जवाफ पठाउनुभएको हो । 

घिमिरेले संविधानको धारा ७६ को व्यवस्थाबमोजिम प्रतिनिधि सभा सदस्य र बहुमतप्राप्त संसदीय दलको नेता मात्र प्रधानमन्त्री नियुक्त हुने व्यवस्थाविपरीत सुशीला कार्की प्रधानमन्त्री बन्नुभएकाले बदर माग गर्नुभएको छ । निवेदक बडालको मुख्य माग पनि यही नै छ । बडालले नै रिटमा माग गर्नुभए अनुसार आदेश जारीको पक्षमा मुद्दाको विपक्ष बनाइनुभएका सभामुखले जवाफ पेस गर्नुभएको हो । 

उहाँले जवाफमा प्रतिनिधि सभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री पदमा नियुक्त गर्नु कानुनी शासन तथा संवैधानिक व्यवस्था प्रतिकूल भएको पनि उल्लेख गर्नुभएको छ । जवाफमा यसअघि खिलराज रेग्मी मन्त्रीपरिषद् अध्यक्ष नियुक्त हुँदा सर्वोच्चको इजलासमा वर्तमान प्रधानमन्त्री कार्कीले लेख्नुभएको फरक रायसमेत जवाफमा स्मरण गराइएको छ । जवाफमा भनिएको छ, “...यसरी आफैँले फैसलामार्फत असंवैधानिक र गलत करार गरिसकेको विषय बेवास्ता गर्दै सुशीला कार्कीले अन्तरिम मन्त्रीपरिषद्को नेतृत्व गर्नु संवैधानिक, कानुनी र नैतिक रूपमा समेत नमिल्ने देखिन्छ ।” 

उक्त फैसलामा कार्की र तत्कालीन प्रधान न्यायाधीश कल्याण श्रेष्ठले फरक राय लेख्नुभएको थियो । घिमिरेले प्रधानमन्त्रीको पहिलो निर्णयस्वरूप गरिएको प्रतिनिधि सभा विघटनसमेत बदर हुनुपर्ने जवाफमा उल्लेख गर्नुभएको छ । विघटन र निर्वाचन मिति घोषणासमेत दुवै असंवैधानिक भएको जवाफमा जिकिर गरिएको छ । 

उहाँले गैरसंवैधानिक तरिकाबाट प्रधानमन्त्री नियुक्त गर्ने र संसद् विघटन गर्ने कार्यलाई आवश्यकताको सिद्धान्तसँग जोड्न नमिल्ने पनि जिकिर गर्नुभएको छ । आवश्यकताको सिद्धान्त कानुनी रूपमा विषम र अपरिहार्य परिस्थितिमा मात्र प्रयोग हुने जवाफमा जिकिर गरिएको छ । 

सम्बन्धित खबर