Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
सप्तरीमा ९७८ किलो गाँजासहित ट्रक चालक पक्राउ
शुक्रवार, मंसिर ५, २०८२
सप्तरी, ५ मङ्सिर ।सप्तरी प्रहरीले ठुलो परिमाणको प्रतिबन्धित लागुऔषध गाँजासहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर २ बरमझियाबाट बिहीबार राति प्रहरीले ९७८ किलो गाँजासहित सुनसरीको धरान नगरपालिका वडा १३ का २५ वर्षीय सञ्जय श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
बिहीबार राति १०ः३० बजेको समयमा पूर्व–पश्चिम महेन्द्र राजमार्ग हुँदै फत्तेपुरबाट भारदहतर्फ जाँदै गरेको ना ५ ख ५३५ नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा ट्रकमा फल्सबटम बनाई २८ वटा सेतो बोराभित्र प्लाष्टिकले प्याक गरेको अवस्थामा ९७८ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरी र इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक काफ्लेको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा उक्त परिमाणको गाँजा, ट्रक र ट्रक चालक श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।