आइतवार, फागुन २४, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

ताप्लेजुङमा एक हजार ८५६ नयाँ मतदाता थपिए

शनिवार, मंसिर ६, २०८२

ताप्लेजुङ, ६ मङ्सिर । ताप्लेजुङमा करिव दुई हजार नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार पछिल्लोपटक तोकिएको मतदाता नामावली दर्ता गर्ने अन्तिम दिन शुक्रबारसम्ममा उक्त मतदाता थपिएका हुन् ।

सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्नेगरी मिति तोकेपछि गत असोज दोस्रो सातादेखि फोटोसहितको मतदाता नामावली दर्ता गर्न सुरु गरिएको हो । मतदाता नामावली दर्ताका लागि सुरुमा कात्तिक मसान्तसम्म र पछि मङ्सिर ५ गते शुक्रबारसम्म पाँच दिन म्याद थप गरिएको थियो । उक्त अवधिमा ताप्लेजुङमा कुल एक हजार ८५६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी एवम् कम्प्युटर अप्रेटर बान्दवराज दुलाल (विपिन) का अनुसार नयाँ दर्ता भएका मतदातामध्ये एक हजार २५ पुरुष र ८३१ जना महिला रहेका छन् । यसअघिको निर्वाचनपछि र नयाँ दर्ता भएकोसमेत ताप्लेजुङमा मतदाताको सङ्ख्या कुल ९५ हजार ८९ पुगेको दुलालले जानकारी दिनुभयो ।

उहाँका अनुसार कुल मतदाता सङ्ख्यामध्ये ५१ हजार १०० पुरुष र ४३ हजार ९८९ जना महिला रहेका छन् । पछिल्लो मतदाता नामावलीमा नाम दर्ता भएकाहरुमध्ये आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न योग्य मतदाताको विवरण छुटाउनलाई भने केही समय लाग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यता नयाँ नामावली दर्ता गर्नेमा करिव ९५ प्रतिशत किशोर (जेनजी) उमेर समूहका रहेका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार विगतको तुलनामा यसपटक मतदाता नामावली दर्ता गर्नमा युवा पुस्ताको उत्साह देखिएको थियो । ताप्लेजुङमा यसअघिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८२ हजार २८५ मतदाताले मतदान गरेका थिए । 

सम्बन्धित खबर