Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
झापा जिल्ला कारागारका चौकीदार शिवाकोटी र पूर्वभाइ चौकीदार शेर्पाको सरूवा
आइतवार, साउन २१, २०८०
झापा । भद्रपुरस्थित झापा जिल्ला कारागारका चौकीदार लयप्रसाद शिवाकोटी र पूर्वभाइ चौकीदार पासाङ शेर्पा (कुमार) को अन्यत्र सरूवा गरिएको छ ।
कारागार प्रशासनले भाइ चौकीदार मनोज लावतीलाई सुनसरीस्थित झुम्का कारागार सरूवा गर्न लाग्दा शुक्रबार दिउँसो साढे २ बजे उनका पक्षका कैदीबन्दीहरू आन्दोलित बन्दै आगजानी र ढुंगामुढा गर्दा तनावग्रस्त बनेको थियो ।
कारागारको तनावपूर्णस्थित तत्काल नियन्त्रणमा लिनलाई लावतीलाई सरूवा नगर्ने आदेश आएपछि आन्दोलन शान्त बनेको थियो । आन्दोलनपछि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले कैदीबन्दीसँग वार्ता गरेका थिए । चौकीदार शिवाकोटी र शेर्पालाई सरूवा गर्ने सहमति भएपछि आज उनीहरूलाई सरुवा गरिएको हो । सोही माग बमोजिम चौकीदार शिवाकोटी र शेर्पालाई आइतबार दिउँसो यहाँबाट पठाइएको झापा कारागारका प्रमुख तथा जेलर मोहनलाल पनेरुले जानकारी दिनु भयो । कारागार व्यवस्था विभागको आदेश बमोजिम शिवाकोटीलाई झुम्का कारागार र शेर्पालाई केन्द्रीय कारागार काठमाडौं पठाइएको जलेर पनेरूले बताउनु भयो ।
शुक्रबार करिब डेढ घण्टा आन्दोलित बनेका कैदीबन्दीहरूले कारागारभित्रै टायर बालेर विरोध प्रदर्शन गर्नुका साथै प्रहरीमाथि ढुंगामुढा प्रहार गर्दा क्षति भएको थियो । कैदीबन्दीले भित्रबाट ढुंगा र इँटा बर्साउँदा कारागारको नवनिर्मित कार्यालय भवन, गाडी, बिजुलीका सामान, सीसी टिभी क्यामेरामा क्षति पुगेको जनाइएको छ ।