Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
बिर्तामोडमा एक व्यक्तिको शंकास्पद मृत्यु
आइतवार, मंसिर ७, २०८२
झापा, ७ मंसिरः झापाको बिर्तामोड नगरपालिका–७ मा एक व्यक्तिको शंकास्पद मृत्यु भएको छ।
वडा नं. ६ का ५२ वर्षीय आनन्द चौधरीको शव वडा नं. ७ मियाबारीस्थित रेखा खोलानजिक फेला परेको हो।
गएराति करिब १०:४० बजे घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायब उपरीक्षक बिजय श्रेष्ठको नेतृत्वमा टोली खटिएको थियो।
राति १ बजे कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।
अनुसन्धानको क्रममा सोही स्थानका ४८ वर्षीय पुरन चौधरी र वडा नं. ७ का ३२ वर्षीय श्याम चौधरीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ।