Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
बाबुराम, जनार्दन र परियारबीच आज एकता हुँदै
आइतवार, मंसिर ७, २०८२
काठमाडौँ, ७ मंसिरः बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान तथा सन्तोष परियार नेतृत्वको समूहबीच एकता हुने भएको छ।
नेसपा (नयाँ शक्ति)का प्रचार विभाग प्रमुख रेखी गुरुङका अनुसार वृहत् एकता घोषणासभाको सम्पूर्ण तयारी पूरा भइसकेको छ।
काठमाडौँस्थित राष्ट्रिय सभागृहमा हुने उक्त कार्यक्रममा तीन प्रमुख घटकसँगै अन्य समूहलाई पनि एकतामा समेटिने बताइएको छ।
यसअघि, कात्तिक २८ गते नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबीच एकता सहमतिमा हस्ताक्षर भएको थियो। घोषणासभामा नयाँ तथा वैकल्पिक राजनीतिक दललाई मात्र निम्तो दिइएको छ।
नयाँ शक्तिले विवेकशील साझा, नागरिक उन्मुक्ति पार्टी नेपाल तथा जेनजीका विभिन्न समूहसँग पनि एकताका लागि छलफल जारी राखेको जनाएको छ।