Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
मेचीनगरमा ट्रयाक्टरसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
आइतवार, मंसिर ७, २०८२
झापा, ७ मंसिरः झापाको मेचीनगरमा ट्रयाक्टरसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ।
हिजो साँझ करिब ६ बजे मेचीनगर–१५ हेद्लुबारीस्थित भित्री सडकखण्डमा भद्रपुरबाट इटाभट्टातर्फ जाँदै गरेको प्र.१–०१–०१३ प. ३३३६ नम्बरको मोटरसाइकलले सडक किनारमा रोकिराखिएको प्र.१–०१–००१ त. ९९७७ नम्बरको ट्रयाक्टरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–१५ का ३८ वर्षीय बिनोद राउत र पछाडि सवार २१ वर्षीय निश्चल भुजेल गम्भीर घाइते भएका थिए। टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेका उनीहरूलाई प्रारम्भिक उपचारपछि प्रादेशिक अस्पताल भद्रपुरबाट बीएण्डसी अस्पताल बिर्तामोडमा रेफर गरिएको थियो।
साँझ ७:४५ बजे बीएण्डसी अस्पतालमा उपचारको क्रममा चालक राउतको मृत्यु भएको प्रहरीले जनाएको छ। यस घटनामा संलग्न ट्रयाक्टर तथा चालक मेचीनगर–१५ का ३० वर्षीय होप्ना हस्दालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।