Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
भालुको आक्रमणबाट तीन जना घाइते
आइतवार, मंसिर ७, २०८२
हुम्ला, ७ मङ्सिर । जिल्लाको सिमकोट गाउँपालिका–५ सिमस्थित घाँस काट्ने क्रममा भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् । घाइते हुनेमा सिमकोट गाउँपालिका– ५ बस्ने ५९ वर्षका लक्ष्य रावत, उहाँकी श्रीमती वर्ष ५५ की बाचु रावत र ३८ वर्षीया रजनी रावत हुनुहुन्छ ।
आइतबार बिहान ६ः१० बजेको समयमा सिम क्षेत्रमा गएको बेला भालुको आक्रमणमा परि घाइते भएकारूलाई जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो ।
लक्ष्य रावतको टाउकोमा, बाँचु रावतको दाइने हात, गालामा र रजनीको छातीमा चिथोरेको पोखरेलले बताउनुभयो । सदरमुकाम सिमकोट नजिकै भालुको आक्रमणमा परेर घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । घाइतेकाे हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।