Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
सबैले मिलेर देश परिवर्तन गर्न आवश्यक छः अध्यक्ष साम्पाङ
आइतवार, मंसिर ७, २०८२
टक्सार (भोजपुर), ७ मङ्सिरः श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सबैले मिलेर देश परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
स्थानीय टुँडिखेलमा आज आयोजित कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले श्रम बिना परिवर्तन सम्भव नभएकाले सबै शक्ति मिल्न जरुरी रहेको धारणा राख्नुभयो । देशको जनशक्ति नै युवाशक्ति भएकाले युवाको सही प्रयोग हुन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।
“युवाले आफूहरु कसरी र कोबाट परिचालन भइरहेका छौँ भन्ने बुझन आवश्यक छ”, अध्यक्ष साम्पाङले भन्नुभयो । युवाले अब श्रम गरेर पसिना बगाउन आवश्यक रहेको उहाँको भनाइ थियो । अध्यक्ष साम्पाङले अबका दिनमा सबै सच्चिन आवश्यक रहेको बताउनुभयो ।