Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
गोदाममा लुकाएर राखिएका १३४ बोरा मल नियन्त्रणमा
सोमवार, मंसिर ८, २०८२
सप्तरी, ८ मङ्सिर ।सप्तरी प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिकाबाट अवैध रुपमा लुकाएर राखिएको रसायनिक मल डिएपी नियन्त्रणमा लिएको छ ।
नगरपालिकाको वडा नम्बर ९ इनर्वा चौकस्थित एक पुरानो राइसमिल गोदाममा अवैध रूपमा लुकाएर राखिएको अवस्थामा १३४ बोरा डिएपी मल प्रहरीले नियन्त्रणमा लिएको हो ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय सप्तरी, सशस्त्र प्रहरी बल नम्बर ६ गण गोरगमा र इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार स्थानीय धर्मेन्द्र जैनको पुरानो राइसमिलस्थित गोदामबाट उक्त परिमाणको मल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ४५ वर्षीय धर्मेन्द्र दासले गोदाम भाडामा लिई अवैध रूपमा लुकाएर राखेको अवस्थामा ५० किलो तौलका १३४ बोरा रसायनिक मल डिएपी नियन्त्रणमा लिइएको हो ।
फेला परेको सबै मललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।