शनिवार, फागुन २३, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै

सोमवार, मंसिर ८, २०८२

काठमाडौं, ८ मंसिर: नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुनेछन्। 

पहिलो खेलमा बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा अपरान्ह ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। 

विराटनगर र सुदूरपश्चिम अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छन् भने जनकपुर र कर्णालीका लागि पुनरागमनको दबाब छ।  जारी संस्करण विराटनगरले बलियो उपस्थिति देखाइरहेको छ। 

पहिलो खेलमा पोखरा र दोस्रो खेलमा काठमाण्डुविरुद्ध फराकिलो जित निकाल्दै विराटनगर सहज रुपमा प्लेअफ पुग्ने बाटोमा छ। गत संस्करण नाम अनुसारको प्रदर्शन गर्न नसकेको विराटनगरलाई यस पटक उपाधिको दाबेदार मानिएको छ। 

टोलीमा घरेलु र विदेशी खेलाडीको तालमेलले गति लिनु विराटनगरको बलियो पक्ष भएको छ। यता, साबिक विजेता जनकपुर पहिलो खेलमै काठमाण्डुसँग ५ विकेटले स्तब्ध बन्यो। उपाधि रक्षा अभियानमा रहे पनि जनकपुरले एकाध बाहेकका खेलाडीबाट योगदान पाउन सकेको छैन। कागजी रुपमा बलियो देखिए पनि अपेक्षाकृत प्रदर्शन गर्न नसकेको जनकपुरलाई विराटनगरविरुद्ध पुनरागमन गर्दै लय समाउने चुनौती छ।

यी दुईबीच गत संस्करण उद्घाटन खेलमा भेट भएको थियो। जहाँ जनकपुरले ८ विकेटको सहज जित निकालेको थियो।

दोस्रो खेलमा आजै सुदूरपश्चिम र कर्णाली आमनेसामने हुनेछन्। सुरुवाती दुवै खेल जितेको सुदूरपश्चिम अपराजित रहँदै प्लेअफ पुग्ने लक्ष्यमा छ। गत संस्करण उत्कृष्ट प्रदर्शनका बाबजुद फाइनलमा स्तब्ध बनेको सुदूरपश्चिम यस पटक उपाधि जित्ने दाउमा छ। 

घरेलु क्रिकेटका सफल र अनुभवी विदेशी ब्याटरको साथ पाएको सुदूरपश्चिममा तल्लोक्रमसम्म पनि थुप्रै विकल्पहरु छन्। जुन सुदूरपश्चिमको बलियो पक्ष हो। सुरुवाती २ खेलमा पनि ब्याटिङतर्फ फरक फरक खेलाडीले योगदान दिइरहेका छन्। यता, पहिलो खेलमा चितवन राइनोजसँगको हारबाट जारी संस्करण सुरु गरेको कर्णालीले शनिबार लुम्बिनी लायन्सलाई हराउँदै उत्कृष्ट पुनरागमन गर्यो। ९ विकेटको रवाफिलो जित निकाल्ने क्रममा मार्क वाटले विष्फोटक ब्याटिङ गरे।

गत संस्करण रनरेटमा माथि पर्दै प्लेअफ पुगेको कर्णाली यस पटक सहज यात्राको चाहानामा छ।  गत संस्करण यी दुईबीच एक खेल भएको थियो। जहाँ सुदूरपश्चिम ६ विकेटले विजयी भएको थियो। 

एनपीएलमा ८ खेलसकिँदा काठमाण्डु गोर्खाजले ३, जनकपुर बोल्ट्सले १ र अन्य सबै टोलीले २–२ खेल खेलिसकेका छन्। पहिलो पटक प्यारापिट र फ्लड लाइटमा खेलाइएको एनपीएलले नेपाली क्रिकेटमा नयाँ उत्साह सिर्जना गर्दा मैदानको प्रतिस्पर्धा समेत तीव्र बनिरहेको छ। 

अहिलेसम्म ब्याटिङमा विदेशी खेलाडी हावी देखिँदा बलिङमा भने नेपाली खेलाडीले साख बचाएका छन्।

८ खेल सम्पन्न हुँदा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स अपराजित छन्।,समान ४–४ अंक जोडे पनि नेट रन रेट आधारमा विराटनगर शीर्ष स्थानमा छ। यी दुवै टोलीले काठमाण्डु गोर्खाज र पोखरा एभेन्जर्सलाई हराएका हुन् । १ खेल खेलेको जनकपुर बोल्ट्स र २ खेल खेलिसक्दा पोखरा एभेन्जर्सले कुनै खेल जितेको छैन। 

सम्बन्धित खबर