Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
प्रधानमन्त्री मोदी र मेलोनीबिच भेट
सोमवार, मंसिर ८, २०८२
काठमाडौं, ८ मंसिरः दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको जी२० शिखर सम्मेलनका क्रममा आइतबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीसँग भेट गर्नुभएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार, भेटवार्तामा भारत र इटालीले व्यापार, रक्षा र सुरक्षा लगायत धेरै क्षेत्रहरूमा द्विपक्षीय सम्बन्ध सुदृढ पार्ने बारेमा छलफल भएको छ।
उहॉंहरूले आतंकवादको कोषसँग लड्न संयुक्त योजनाबारे पनि संवाद गर्नुभयो।
भेटवार्तापछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री जर्जिया मेलोनीसँगको भेटघाट धेरै राम्रो भएको उल्लेख गर्नुभएको छ।
उहॉंले लेख्नुभएको छ, 'भारत-इटाली रणनीतिक साझेदारी निरन्तर बलियो हुँदै गइरहेको छ र हाम्रा देशका जनतालाई धेरै फाइदा पुर्याइरहेको छ।'