Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
प्रतिनिधिसभा निर्वाचन : मनाङमा बढ्यो मतदाता सङ्ख्या
सोमवार, मंसिर ८, २०८२
मनाङ, ८ मङ्सिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनाङमा आवश्यक तयारी तीव्र भइरहेको छ । निर्वाचन आयोगले मतदाता नामावलीको अन्तिम अद्यावधिकसँगै जिल्लामा मतदाता सङ्ख्या बढेको छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले पहिला मनाङमा छ हजार ८९३ जना मतदाता रहेका र पछिल्लो अद्यावधिकपछि जिल्लाभित्रैबाट १३५ जना नयाँ मतदाता थपिएका बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘बाहिरी जिल्लाबाट आठ जनाले मनाङलाई मतदानस्थल तोकेर नामावलीमा समावेश भएका, ६३ जनाले ठाउँसारी (मतदान स्थल परिवर्तन) का लागि निवेदन दिएका र १० जनाले नामावलीका त्रुटि सच्याउन निवेदन दिएका छन् ।’’
निर्वाचन नजिकिँदै जाँदा मतदाता नामावली दुरुस्त र अद्यावधिक गर्ने कार्यले तीव्रता पाएको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ । कार्यालयले मतदातालाई समयमै विवरण मिलान गर्न र मतदानका लागि आवश्यक कागजात तयार राख्न आग्रह पनि गरेको छ ।
चारवटा गाउँपालिका रहेको मनाङमा एउटै मात्र निर्वाचन क्षेत्र छ । जिल्लागत रुपमा सबैभन्दा कम मतदाता रहेको जिल्ला भनेर मनाङलाई चिन्ने गरिन्छ ।