Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
विराटनगरको प्लाष्टिक उद्योगमा आगलागी
मङ्गलवार, मंसिर ९, २०८२
विराटनगर, ९ मंसिर: विराटनगर महानगरपालिका–७ सात घुम्तीनजिकमा रहेको एउटा प्लाष्टिक उद्योगमा भीषण आगलागी भइरहेको छ । केहीबेर अघिबाट आगलागी सुरु भएको हो । फ्याक्ट्रीमा आगो दन्किरहेको र नियन्त्रणको प्रयास जारी रहेको प्रहरीको भनाई छ । तर, आगो नियन्त्रणमा आउन सकिरहेको छैन ।
आगो नियन्त्रणका लागि विभिन्न ठाउँका दमकल परिचालन गरिएका छन् । सुनसरीका विभिन्न पालिकाबाट पनि दमकल बोलाइएको प्रहरीले जनाएको छ ।
सुरक्षा निकायले स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आगलागी भएको स्थान वरपर रहेका घरहरु जोखिममा परेका छन् । आगलागीको कारण खुल्न सकेको छैन ।