Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्न एमाले निर्वाचन आयोग जाँदै
मङ्गलवार, मंसिर ९, २०८२
काछमाडौं, ९ मंसिरः नेकपा एमाले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्न मंगलबार निर्वाचन आयोग जाँदैछ।
एमाले केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचार्यका अनुसार दल दर्ताका लागि एमाले आज आयोग जान लागेको हो। एमालेले यसअघि राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरेको भए पनि प्रतिनिधि सभातर्फ भने दर्ता गरेको थिएन।
‘हामी दल दर्ताका लागि निर्वाचन आयोग जाँदैछौं। नहुने निर्वाचनमा दौडँदैनौं तर आफ्नो संस्था अद्यावधिक गर्छौं,’ उहॉंले भन्नुभयो।
अध्यक्ष केपी शर्मा ओलीले भने एमालेले फागुन २१ को निर्वाचनमा भाग लिने बताउनुभएको छ।
नागरिकका प्रधान–सम्पादक गुणराज लुइँटेलसँगको कुराकानीमा अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दासँगै चुनावी तयारी गरिरहेकोबताउनुभएको हो।
नागरिकले ओलीसँगको उक्त अन्तर्वार्ताको समाचार प्रकाशन गरेको छ।
निर्वाचनमा एमाले जाने भए पनि पार्टीको बटमलाइन भने प्रतिनिधि सभा पुनर्स्थापना नै रहेको ओलीको भनाइ छ। त्यसो त एमालेले पछिल्लो समय प्रतिनिधि सभा पुनर्स्थापनाका लागि जनदबाब भन्दै सडक प्रदर्शन, भेला, सभा आयोजना गरिरहेको छ।
विघटित प्रतिनिधि सभा बैठक राखेर एमालेले प्रतिनिधि सभा विघटनबारे संवैधानिक परीक्षण हुनुपर्ने बताएको थियो। तर एमालेले रिट भने दर्ता गराएको छैन।