Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
ताप्लेजुङमा भालुको आक्रमणबाट महिला घाइते
बुधवार, मंसिर १०, २०८२
फुङलिङ, १० मङ्सिर । ताप्लेजुङमा भालुको आक्रमणबाट एक महिला घाइते हुनुभएको छ । जिल्लाको पाथीभरा याङवरक गाउँपालिका २ थेचम्बुकी ३५ वर्षीया उर्मिला खरेल जङ्गली भालुको आक्रमणबाट घाइते हुनुभएको हो ।
सामुदायिक वन उपभोक्ता महासङ्घका पालिका अध्यक्ष शिव अधिकारीका अनुसार मङ्गलबार दिउँसो करिब १ बजे खरेललाई भालुले घरमै आक्रमण गरेको हो । आक्रमणबाट घाइते हुनु भएका खरेलको दाहिने खुट्टा, दाहिने हात र अनुहारमा चोट लागेको छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
घर नजिकै जङ्गल रहेको र सोही जङ्गलबाट घरमा आएर आक्रमण गरेको स्थानीयको भनाइ छ । भालुलाई नियन्त्रणमा लिनका लागि डिभिजन वन कार्यालय ताप्लेजुङको टीम समेत आइनपुगेको अधिकारीले जानकारी दिनुभयो । भालु केही आहारा नपाएर घर पालुवा जनावर चौपाया खान बस्तीमा आएको अनुमान स्थानीयको छ ।
भालु बस्तीमै भएकाले गाउँभरी त्रास फैलिएको छ । बस्तीका अन्य नागरिकलाई सुरक्षित रहन आग्रह गरिएको अधिकारीको भनाइ छ ।