Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समय आज सकिँदै
बुधवार, मंसिर १०, २०८२
काठमाडौँ, १० मंसिर : आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय बुधबार सकिँदैछ। नयाँ दल दर्ताको समय भने मंसिर ७ गते नै सकिसकेको छ।
यो समयमा नयाँ ३६ दल दर्ता भएसँगै दलहरुको संख्या १३२ पुगेको छ। निर्वाचन प्रयोजनका लागि मंगलबार नेकपा एमालेसहित १६ दल दर्ता भएका थिए। योसँगौ निर्वाचनमा भाग लिन दर्ता भएका दलको संख्या ८० पुगेको छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते मनोनयन दर्ता हुनेछ।
समानुपातिक तर्फको निर्वाचन कार्यक्रम भने यही मंसिर २१ गते शुरु हुनेछ। २१ गते समानुपातिक निर्वाचनमा भाग लिन चाहने दलले निवेदन दिनुपर्नेछ।