Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
छोराको कुटाइबाट बुबाको मृत्यु
बुधवार, मंसिर १०, २०८२
नवलपुर, १० मङ्सिर । नवलपुरमा छोराको कुटाइबाट बुबाको मृत्यु भएको छ । गएराति हुप्सेकोट गाउँपालिका–१ जुगेपानीका ३० वर्षीय छोरा सन्तकुमारको कुटाइबाट ६० वर्षीय बुबा रामबहादुर विकको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।
बाबुछोराबिच सामान्य घरायसी विवादका कारण झै–झगडा हुँदा कुटपिट हुँदा गम्भीर घाइते हुनुभएका रामबहादुरको उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा राति नै चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।