Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
प्रधानमन्त्री कार्कीद्वारा सचिवालय सङ्ख्यामा कटौती
बिहिवार, मंसिर ११, २०८२
काठमाडौँ, ११ मङ्सिर । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय सङ्ख्या घटाउनुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्वारा जारी विज्ञप्तिमा २० सदस्यीय सचिवालयबाट प्रधानमन्त्री कार्कीले १४ जनालाई हटाउनुभएको हो । यससँगै अब उहाँको सचिवालय ६ सदस्यीय भएको छ ।
‘‘प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ (एघारौं संशोधन २०८१) बमोजिम प्रधानमन्त्रीको सचिवालयमा विभिन्न पदका कुल ६६ जनाको दरबन्दी कायम भएपनि अनि जरुरी पदमा मात्र नियुक्ति गरी जम्मा २० जनाको मात्र सचिवालय बनाएर मितव्ययी ढङ्गले कामकाज हुँदै आएको थियो ।’’ विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री कार्यालयका सहसचिव हेमराज अर्यालले यी ६ जना पहिले नियुक्त व्यक्ति नै भएको जानकारी दिनुभयो ।
अब कार्कीको सचिवालयमा प्रमुख स्वकीय सचिव, मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ मात्र रहने छन् ।