Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
उच्च जोखिममा नेपाल–चीन सीमास्तम्भ
बिहिवार, मंसिर ११, २०८२
हुम्ला, ११ मङ्सिर । हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–५, हिल्सा क्षेत्रको किटमा रहेको नेपाल र चीनको सीमास्तम्भ जोखिममा रहेको छ ।
पहिले दुई देशले तयार पारेको सो क्षेत्रको सीमास्तम्भ पहिरोले भत्काएपछि जोखिममा परेको हो । हिल्साको किट क्षेत्रमा नेपाल र चीनको सीमास्तम्भ नम्बर ७ (१) दुई देशको सहमतिमा चट्टानमा तयार पारिएको सशस्त्र प्रहरी बल ४४ नं. गुल्मका गुल्मपति कवीन्द्र महर्जनले बताउनुभयो ।
सीमास्तम्भ २०६३ सालमा चट्टानमा स्थापना गरिएको थियो । त्यसअघि भने सोही स्थानमा सीमास्तम्भ निर्माण गरिएको भए पनि पहिरोले भत्काएको थियो । हालको चट्टानमा तयार पारिएको सीमास्तम्भ पनि पहिरोको उच्च जोखिममा रहेकाले नयाँ निर्माण गर्ने अन्य विकल्प नभएको उहाँको भनाइ छ ।
भूबनोट भिरालो र पहिरो गइरहने भएका कारण सो सीमास्तम्भ जोगाउन कठिन छ । हिल्सामा स्थापना भएको सशस्त्र प्रहरी सीमा सुरक्षा चौकीले भने नियमित गस्तीसहित अनुगमन गरिरहेको छ ।
चट्टानमा रहेको सीमास्तम्भमाथि पनि बर्सेनि पहिरो जाने भएका कारण सो चट्टान पनि बिचमा चर्किएको हिल्साका स्थानीय लाक्पा लामाले बताउनुभयो । उक्त सीमास्तम्भलाई जोगाइराख्न दुवै देशले सोच्नुपर्ने बेला आएको उहाँले बताउनुभयो । नदीपारि चीनतर्फ स्थापना गरिएको ७ (२) नम्बर सीमास्तम्भ पनि पहिरोले ढालेको अवस्थामा रहेको छ ।