Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइ पुनः स्थगित
बिहिवार, मंसिर ११, २०८२
काठमाडौं, ११ मंसिरः बुटवलस्थित पाटन उच्च अदालतको ३ नम्बर इजलासमा आज सुनुवाइ तय भएको सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने र गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीको मुद्दा पुनः स्थगित भएको छ।
लामिछानेका कानून व्यवसायीले सुनुवाइ स्थगित गरिदिन निवेदन दिएपछि सुनुवाइ रोकिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिनुभयो।
यसअघि पनि सर्वोच्च अदालतबाट मागिएको मुल अभियोगको मिसिल नआएको, वा अन्य अदालतमा पेशी परेका कारण पटक–पटक सुनुवाइ स्थगित हुँदै आएको छ।
सहकारी ठगीको अभियोगमा थुनामा रहेका लामिछाने र जोशी दुबैलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो तोकिएको छ। उनीहरूले आफ्नो हिस्साको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानत स्वरूप बुझाए पनि व्यक्तिगत बिगो स्पष्ट नहुँदा उनीहरू रिहा हुन सकेका छैनन्।
हाल लामिछाने ललितपुरको नख्खु कारागारमा हुनुहुन्छ भने जोशी भैरहवा कारागारमा हुनुहुन्छ ।