Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
झापामा प्रतिनिधि छनौट: गुट गर्न प्रतिबन्ध, सहमतिबाट टुङ्ग्याउने
बिहिवार, मंसिर ११, २०८२
बिर्तामोड, ११ मंसिर । नेकपा(एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि झापामा मनोनय दर्ता भइरहेको छ ।
प्रतिनिधि छनौटका लागि जिल्लाको ५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र दलित जिल्ला इकाईमा मनोनयन दर्ता भइरहेको जिल्ला निर्वाचन विभागका प्रमुख दिपेन्द्र लम्सालले जानकारी दिनुभयो।
निर्वाचन विभागका प्रमुख लम्सालका अनुसार निर्वाचन कार्यतालिका बमोजिम मंसिर १० गते अन्तिम मतदाता नामावली नामावली प्रकाशन गरिएको छ । ११ गते मनोनयन दर्ता, १२ गते उम्मेवारी फिर्ता र १३ गते निर्वाचन हुने उहॉंको भनाई छ ।
प्रतिनिधि छनौटका लागि हुने निर्वाचन पश्चात मतपत्रहरु क्षेत्रीय निर्वाचन कार्यालयमा संकलन गरेर गणना गरिने लम्सालले जानकारी दिनुभयो । निर्वाचन विभागले पार्टीको केन्द्रीय नीति बमोजिम प्रतिनिधि छनौटमा गुट र समुह निर्माण गर्न पुर्ण प्रतिबन्ध लगाएको जनाएको छ ।
विभाग प्रमुख लम्सालले भन्नुभयो, “ स्वतन्त्रपुर्वक मत माग्न पाइन्छ, कसैलाई अपमान र दुव्र्यवहार पाइदैन ।” प्रतिनिधि छनौटका लागि जिल्लामा अधिकतम सर्वसम्मतका लागि प्रयास गरिने विभाग प्रमुख लम्सालको भनाई छ । उहॉंले सहमति नभए मात्रै निर्वाचनमा जाने जानकारी दिनिभयो ।