Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
नागरिक बचाउ महाअभियानबाट लुइँटेल र उप्रेतीसहित चारजना निष्कासित
बिहिवार, मंसिर ११, २०८२
बिर्तामोड, ११ मंसिर : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले पीडितलाई न्याय दिनुपर्ने ठाउँमा उल्टै असुली धन्दा चलाएको आरोपमा आफ्नै संरचनाका चार जनामाथि कारबाही गरेको छ। संगठनले विज्ञप्ति जारी गर्दै उनीहरूलाई पदमुक्त तथा निष्कासन भएको जानकारी गराएको हो।
विज्ञप्तिअनुसार महाअभियानका सचिवालय सदस्य ओम प्रकाश लुइँटेल, केन्द्रीय सदस्य तथा मेची अञ्चल सह–संयोजक प्रकाश उप्रेतीलाई सबै जिम्मेवारीबाट निलम्बन गरिएको छ।
त्यस्तै, सचिवालय सदस्य तथा युवा–खेलकुद विभाग संयोजक विष्णजङ्ग बस्नेत, केन्द्रीय सदस्य तथा पीडीएफ सह–संयोजक गोपाल बोहरा
लाई सबै जिम्मेवारीबाट निष्कासन गरिएको उल्लेख छ।
विज्ञप्तिमा उनीहरूलाई महाअभियानको एकता र विश्वासमा आँच पुर्याएको, अभियन्ताबीच भ्रम फैलाएको, पीडितसँगै आर्थिक असुली धन्दा चलाएको, संगठनभित्र गुटबन्दी र अराजकता सिर्जना गरेको, कागजपत्र जफत गरी ब्ल्याकमेलिङ गरेको तथा संगठनको अनुशासनको पटक–पटक उल्लंघन गरेको आरोप लगाइएको छ।
मंसिर ९ गतेदेखि लागू हुने गरी उनीहरूलाई पदमुक्त तथा निष्कासनको कारबाही गरिएको महाअभियानको संगठन विभागका सचिव प्रेमदिप लिम्बु र विभाग प्रमुख प्रेम थापा मगरले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।