Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
‘काजी’को फर्स्ट लुकमा विपीन
शुक्रवार, मंसिर १२, २०८२
काठमाडौं, १३ मंसिर। चलचित्र ‘काजी’को प्रदर्शन मिति तय भएको छ । फर्स्ट लुक सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति पनि तय गरिएको हो ।
लक्ष्मण रिजालको निर्देशन रहेको ‘काजी’ चैत २७ गतेबाट प्रदर्शनमा आउने भएको छ । सार्वजनिक फर्स्ट लुकमा चलचित्रका मुख्य कलाकार विपीन कार्की हुनुहुन्छ । उहॉंलाई युवावयमा प्रस्तुत गरिएको छ ।
पोस्टरमा केकी अधिकारी पनि हुनुहुन्छ । उहॉंलाई विपीनसँग खाना खाइरहेको देखाइएको छ ।
पोस्टरले सिनेमाको जानरा पारिवारिक लभस्टोरी रहेको संकेत गरेको छ । विपीन र केकीसँगै चलचित्रमा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपानेलगायत कलाकारको अभिनय छ ।
रामप्रसाद रिजालले निर्माण रहेको चलचित्रमा प्रदीप भारद्धाजले लेख्नुभएको छ । चलचित्रलाई चिन्तन राजभण्डारीले खिच्नुभएको हो भने सम्पादक विपीन मल्ल रहेको चलचित्रको कार्यकारी निर्मातामा असिम काफ्ले हुनुहुन्छ । निर्माता नेहान रिजाल, विकाशराज जोशी रहनुभएको छ ।