शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

हिउँ चितुवा खोज्न जडान गरिए १५ वटा क्यामेरा

शुक्रवार, मंसिर १२, २०८२

 

मुक्तिनाथ, १२ मङ्सिर ।मुस्ताङमा हिमालको रानीको नामले चिनिने ‘हिउँ चितुवाको सङ्ख्या र अवस्था बारेमा सर्वेक्षण सुरू गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमले वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा १५ वटा क्यामेरा जडान गरी बासस्थान, आहारा तथा सङ्ख्याको खोजी सुरू गरेको हो । 

मुस्ताङमा हालसम्म हिउँ चितुवाको यकिन तथ्याङ्क नभए पनि विगतमा देखिएका क्षेत्र, पशु चौपायालाई क्षति बनाएका स्थानलाई केन्द्रित गरी क्यामेरा जडान गरिएको एक्याप इलाका कार्यालय जोमसोमका प्रमुख राजेश गुप्ताले बताउनुभयो । 

प्रमुख गुप्ताले भन्नुभयो, ‘‘जाडो याममा हिउँचितुवाको अध्ययनमा सजिलो हुन्छ, गर्मी र जाडोयामको अवस्थाका बारेमा पनि अध्यययन आवश्यक छ ।’’ गर्मी र जाडोयामको समयमा वन्यजन्तुको अवस्था बुझ्न यसअघि एक्यापले जेठ र असार महिनामा समेत क्यामेरा जडान गरेको थियो । 

यसपटक बायोकोस नेपाल नामक गैरसरकारी संस्थासँगको सहकार्यमा एक्यापले जडान गरेको क्यामेरा दुई महिनासम्म राखेर बिहान, दिउँसो र बेलुकीको समयमा हिउँ चितुवासहित अन्य वन्यजन्तुको आवतजावतको अनुसन्धान गरिनेछ । यस समयमा अत्यधिक हिउँका कारण आहाराको खोजीमा बस्ती, गोठमा आउने दिशा, स्थान, वासस्थान र गतिविधि अवलोकन गर्न क्यामेराले सघाउने एक्यापले जनाएको छ ।

क्यामेरा जडान तथा आहारा प्रजातिको वासस्थान क्षेत्रका बायोकोस नेपाल कार्यक्रम सहायक बुद्धिप्रसाद गुरूङ र प्राकृतिक संरक्षण सहायक दीपक ओलीलाई परिचालन गरिएको छ । बाराजुङ मुक्ति क्षेत्रबाट सुरू भएको हिउँ चितुवाको अध्ययन घरपझोङ गाउँपालिका, थासाङ गाउँपालिकासँगै उपल्लो मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउँपालिका र लोमन्थाङ गाउँपालिकामा समेत गरिनेछ । 

नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवालाई स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । हिउँ चितुवाको वासस्थान भएको क्षेत्रलाई आहारा प्रजातिको वन्जयन्तुु  प्रशस्तै पाइन्छ । पछिल्लो समय जलवायु परिवर्तन, डढेलोका कारण वासस्थान अर्थात ‘कोर एरिया’ लाई समेत असर गरेको अनुमान अनुसन्धानकर्ताको छ । लजालु स्वभावको हुने हिउँचितुवाको समुद्री सतहको ३५ सय मिटरदेखि ५५ सय मिटरको अग्लो उचाइमा मुख्य वासस्थान मानिन्छ ।

सम्बन्धित खबर