Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
विराटनगरमा दुई पाङ्ग्रे र चार पाङ्ग्रेको लाइसेन्स खुल्यो
शुक्रवार, मंसिर १२, २०८२
विराटनगर, १२ मंसिरः यातायातव्यवस्थाकार्यालयविराटनगरले सवारीचालक अनुमतिपत्र प्रदानगर्न थालेको छ ।
गत भदौ २४ गते भएको जेन–जी आन्दोलनमा यातायात व्यवस्था विभागको ‘सर्भर’ प्रणालीमा क्षति पुगेपछि रोकिएको सेवा पुनः सञ्चालनमा आएको हो । विराटनगर कार्यालयका सूचना अधिकारी गिरिराज पराजुलीका अनुसारकार्यालयले चालक अनुमतिपत्रका लागि लिखित तथा ‘ट्र्याल’ परीक्षा सुरु गरेको छ ।
गत भदौ ३० गतेदेखि सवारी दर्ता, सवारी दर्ता खारेज, दर्ता खारेज, नामसारी तथा सवारी लगत कट्टालगायत सेवा सुरु गरे पनि सवारीचालक अनुमतिपत्रसम्बन्धी सेवा भने सञ्चालनमा ल्याउन सकेको थिएन ।
कार्यालयमा सबै प्रकारको सेवा लिन दैनिक १५० देखि २०० जना सेवाग्रही आउने गरेको छन् । कार्यालयले हप्तामा तीनपटक सवारीचालक अनुमतिपत्रका लागि परीक्षा लिँदै आएको छ ।
कार्यालयले दुई तथा चारपाङ्ग्रे सवारीसाधनसहित सबै प्रकारको सवारीसाधनका लागि सवारीचालक अनुमतिपत्र उपलब्ध गराउँदै आइरहेको छ । विराटनगर कार्यालयले विसं २०७९ साउनदेखि सवारीचालक अनुमतिपत्रसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।