बिर्तामोड, १२ मंसिर : नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि झापा क्षेत्र नं. २ मा २७ जनाले प्रतिष्पर्धा गर्ने भएका छन् ।
प्रतिनिधिका लागि खुल्लामा १९, महिलामा ५ र युवामा ३ जनाले प्रतिष्पर्धा गर्ने भएका हुन् । खुल्लामा ५, महिलामा ३ र १ जना युवा प्रतिनिधिका लागि २७ जना उम्मेदवार बनेका हुन् ।
खुल्ला तर्फ अफ्रोज खान, इच्छाबहादुर मिजार, एकराज कार्की, गणेश पोखरेल,चिन्तन पाठक, देवराज कार्की, नेत्रप्रसाद पौडेल, पुष्पकुमार प्रसाई, प्रेमबहादुर कटवाल, प्रेम बहादुर गिरी, बलदेव सिंह गोम्देन तामाङ, बृख प्रधान, भिष्मराज खरेल, भिमचन्द्र भट्टराई, रमेश उप्रेती, राजकुमार ओली, राहुलकुमार शर्मा, सुवास भट्टराई, हरिप्रसाद ओझा उम्मेदवार बनेका छन् ।
यस्तै, महिला तर्फ कमला थापा मगर, कमला भण्डारी, पवित्रा पाठक, पवित्रा देवी महतारा प्रसाई र सुनिता खरेल उम्मेदवार बनेका छन् । युवामा उमा पाण्डे (रोजिना), खगेन्द्रराज आङदेम्बे (राज) र सुमन नेम्वाङ चुनावी प्रतिष्पर्धामा भाग लिदैछन् ।
प्रतिनिधि छनौटका लागि शनिवार निर्वाचन हुनेछ । ४ हजार ९ सय जनाले मतदान गर्ने जनाइएको छ।



