Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
निधि कलेजमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न
शनिवार, मंसिर १३, २०८२
बिर्तामोड,१२ मंसिर : रोट्र्याक्ट क्लब अफ बिर्तामोडद्वारा आयोजित मानसिक स्वास्थ्य सचेतना कार्यक्रम निधि कलेजमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रशिक्षक डा. जेनी मण्डलले करिब एक घण्टाको महत्वपूर्ण सत्र सञ्चालन गर्दै मानसिक स्वास्थ्यका आधारभूत पक्ष, तनाव व्यवस्थापनका उपाय तथा स्वस्थ मानसिक जीवनशैलीका विषयमा प्रशिक्षण दिनुभयो ।
बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा च्याट युवा फ्रन्टका अध्यक्ष अमरजित साह, निधि कलेजका प्रमुख रञ्जित कुमार साहको विशिष्ट आतिथ्यता रहेको थियो ।
रोट्र्याक्ट क्लबका अध्यक्ष सुशील थापाले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमले युवाहरूमा मानसिक स्वास्थ्यप्रति जागरूकता फैलाउँदै सकारात्मक सोच विकास गर्ने विश्वास व्यक्त गर्नु भयो ।