शनिवार, फागुन २३, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

बजारबाट औषधी फिर्ता गर्न निर्देशन

शनिवार, मंसिर १३, २०८२

काठमाडौँ, १३ मङ्सिर । औषधी व्यवस्था विभागले दुई औषधी कम्पनीद्वारा उत्पादन गरिएका औषधीको गुणस्तर नपुगेको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायण ढकालका अनुसार लोमस फर्मास्युटिकल्स प्रालि र क्युरेक्स फर्मास्युटिकल्स प्रालि बनेपाबाट उत्पादन गरिएका औषधी बजारबाट फिर्ता गर्न निर्देशन गरेको हो । लोमसको पारासिटामोल ट्याबलेट सेटोफेन (ब्याच नं. सिटी २७२३) बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ ।

उहाँले विभागले गरेको निरीक्षणमा उक्त ब्याच नम्बरको औषधी परीक्षणका क्रममा न्यून गुणस्तरको पाइएको भन्दै औषधी ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी बजारबाट फिर्ता गर्न उद्योगलाई निर्देशन दिएको जानकारी दिनुभयो । यस्तै विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालि बनेपाले उत्पादन गरेको रेक्सामोल औषधी न्यून गुणस्तरको पाइएपछि तत्काल बजारबाट फिर्ता लैजान निर्देशन दिएको छ । क्युरेक्सले उत्पादन गरेको रेक्सामोल (पारासिटामोल ट्याब्लेट) को ब्याच नम्बर टिआरएक्स–६९५ को औषधी न्यून गुणस्तरको भएको भन्दै बजारबाट फिर्ता लैजान निर्देशन दिएको हो । बजार अनुगमनका क्रममा सङ्कलन गरिएका औषधी राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा उक्त ब्याचको औषधी न्यून गुणस्तर भएको पाइएको हो । उक्त ब्याज नम्बरको औषधी सिफारिस, बिक्रीवितरण तथा प्रयोग नगर्न पनि विभागले आग्रह गरेको छ । 

आठ सय फार्मेसी निलम्बित

सरकारको मापदण्डबाहिरका औषधी पसल (फार्मेसी) निलम्बन हुने क्रम बढ्दो छ । औषधी व्यवस्था विभागले विगत तीन वर्षमा मापदण्डविपरीत सञ्चालनमा रहेका ८०२ फार्मेसीको इजाजतपत्र (लाइसेन्स) निलम्बन गरेको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधी पसल (फार्मेसी) निरीक्षणका क्रममा मापदण्डविपरीत सञ्चालन भएका तथा नियम पालना नगर्ने फार्मेसी निलम्बन गरिएको जानकारी दिनुभयो । उहाँले विगत तीन वर्षमा विभागले ८०२ फार्मेसीको लाइसेन्स निलम्बन गरेको जानकारी दिँदै आर्थिक वर्ष २०७९/८० मा जम्मा तीन हजार ३३९ फार्मेसी अनुगमन निरीक्षण गर्दा १८१ फार्मेसीलाई निलम्बन गरेको बताउनुभयो । 

महानिर्देशक ढकालका अनुसार आव २०८०/८१ मा तीन हजार तीन सय पसलको अनुगमन निरीक्षण हुँदा ३०१ फार्मेसी निलम्बनमा परेका छन् । यसै गरी आव २०८१/८२ मा दुई हजार ७९१ अनुगमन निरीक्षण हुँदा ३२० फार्मेसीको लाइसेन्स निलम्बनमा परेको छ । महानिर्देशक ढकालका अनुसार फार्मेसीमा व्यवसायी नबस्ने, लाइसेन्स किनबेच हुने, एउटै व्यवसायीले धेरै फार्मेसी सञ्चालन गर्ने क्रम बढेको बताउनुभयो । 

सम्बन्धित खबर